बारा । चिसो बढ्दै गएपछि निजगढको समाजसेवी संस्था युथ अफ निजगढले निजगढ नगरपालिका वडा नम्बर वडा नम्बर १२ र १३ का विपन्न परिवारमा न्यानो कपडा सिरक र पछ्यौंरी वितरण गरेको छ । जाडो बढेर विपन्न सर्वसाधारणको जनजीवन प्रभावित बनेपछि २ वटा वडाका गाउँमै पुगेर २३ जनाको परिवारलाई न्यानो कपडा वितरण गरेको हो । संस्थाले बार्थलीमा आयोजित कार्यक्रममा वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोलेको रोहबरमा १० घर परिवारमा न्यानो कपडा वितरण गरेको हो । त्यसैगरी वडा नम्बर १३ को चेपाङ्ग बस्तिका १३ परिवारलाई पनि १/१ थान सिरक र पछ्यौंरी वितरण गरिएको हो ।























Discussion about this post