लोकतान्त्रिक पत्रकार संघ पर्साको कार्यालय उद्घाटन

406
SHARES
534
VIEWS

विजेन्द्रकुमार चौधरी पर्सा । लोकतान्त्रिक पत्रकार संघ, पर्साको कार्यालय विहिवार उद्घटान भएको छ । पत्रकारिता पेशाको सुदृढीकरण, संस्थागत विकास र लोकतान्त्रिक मूल्यको प्रवर्द्धनमा क्रियाशील संघले नवस्थापित कार्यालयबाट नयाँ उत्साहसाथ काम थाल्ने जनाइएको छ ।

संघका अध्यक्ष समसुदिन मियाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको प्रमुख अतिथि मधेश प्रदेशका पूर्व वन तथा वातावरणमन्त्री रमेश कुर्मी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कुर्मीले  सत्य, निडर र निष्पक्ष पत्रकारिताको आवश्यकता झन् बढ्दो छ भन्दै लोकतन्त्रको जग बलियो पार्न सञ्चार क्षेत्रले खेल्ने भूमिकालाई अत्यन्तै महत्वपूर्ण रहने बताए ।  उनले भने “पत्रकारिताले निष्पक्षता र जनमुखी दृष्टिकोण कायम राख्न सके मात्र समतामूलक समाज सम्भव छ ।”

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा. सुबोध गुप्ता, लोकतान्त्रिक मुस्लिम संघका केन्द्रीय अध्यक्ष डा. कमरुल्लाह अन्सारी, लोसपाका केन्द्रीय सदस्य भोला प्रसाद गुप्ता, लोकतान्त्रिक महिला संघकी केन्द्रीय सदस्य ममता तिवारी तथा पत्रकार बिजेन्द्रकुमार चौधरी, मुकेशकुमार साह र अनिल वर्मा सहभागी रहेका थिए ।

साथै, प्रेस मञ्चका प्रतिनिधि रमेश साह, पत्रकार जाकिर हुसेन र साबिर आलमजलगायतका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले पत्रकारहरूको हकहित, सुरक्षा र पेशागत स्वतन्त्रताका विषयमा बल दिँदै समग्र पत्रकारिता क्षेत्रलाई अझ सुदृढ बनाउन सुझाव प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित