दलित महिलाहरुका लागि ४ दिने कानुनी अभिमुखीकरण सुरु

395
SHARES
520
VIEWS

भक्तलाल/बारा । निजगढ नगरपालिका–१३ स्थित भक्तलालको भक्तलाल कटेजमा दलित महिलाहरूलाई लक्षित गरी कानुनी सम्बन्धी क्षमता विकास अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ ।

फास्ट ट्र्याक मिडिया प्रालिको आयोजनामा र निजगढ नगरपालिकाको कार्यपालिका लक्षित कोष अन्तर्गत सञ्चालन गरिएको चार दिने उक्त कार्यक्रम निजगढ-१३ भक्तलालमा बुधबार सुरु भएको हो ।

कार्यक्रमको उद्घाटन वडा नम्बर १३ का वडा अध्यक्ष सूर्य घलानले गरेका थिए । अध्यक्ष घलानले महिलाहरू विशेषगरी दलित समुदायका महिलाहरू कानुनी जानकारीको अभावमा अधिकारबाट बञ्चित हुँदै आएको भन्दै यस्ता कार्यक्रमले उनीहरूलाई आफ्नो हक–अधिकारका बारेमा सचेत गराउने अपेक्षा व्यक्त गरे ।

कार्यक्रमको सभाध्यक्ष भने उमेश घलान रहेका थिए भने सञ्चालन महेश्वर अधिकारीले गरेका थिए । कार्यक्रममा दलित महिलाहरूको सक्रिय सहभागिता देखिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा कानुनी साक्षरतादेखि महिला हिंसा, विभेदविरुद्धको कानुनी प्रक्रिया, स्थानीय तहमा पहुँच र अधिकार उपयोग लगायतका विषयमा प्रशिक्षक नरेश चौधरीले प्रशिक्षण दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित