बारा । बाराको निजगढ नगरपालिका-९ को सुख्खा क्षेत्रमा डिप बोरिङमार्फत सिचाई सेवाकालागी ट्युबवेल खन्न उदघान भएको छ ।
यो डिपबोरिङ सफल भयो भने यस क्षेत्रका किसानहरु उत्साहित हुने छन् । यो वर्ष निजगढका ४ स्थानमा भुमिगत सिंचाइ डिप नोरिङको काम सुरु गर्ने निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले उद्घाटन कार्यक्रममा जानकारी दिए ।
भूमिगत सिंचाइ सुरु भएपछि आर्थिक भार समेत हट्ने आशा किसानहरुको छ । सिंचाइ हुन थालेपछि पानी कुर्नु पर्ने झन्झटबाट समेत यहाँका स्थानीयले मुक्ति पाउने छन् ।
सिचाईका लागि पावर डिप बोरिङ जडान गरी सिंचाईको ब्यवस्था गर्दा किसानले राहतको महसुस गर्ने छन् ।
निजगढ नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटवालको अध्यक्षता र निजगढ नगर प्रमुख सुरथ पुरीको प्रमुख अतिथ्यतामा सो कार्य सुरु भएको छ ।
भूमिगत सिँचाईको डिप बोरिङको निजगढ नगरपालिकाको विनियोजित रकम अन्तर्गत हुँदै छ । उद्घाटन कार्यक्रममा शिवबहादुर बुढाथोकी, बहादुर थापा, अशिश थापालिया, गिता बस्नेत, दिपक श्रेष्ठ, मनोज रोक्का, सरस्वती थापा क्षेत्री, समाज सेवी -महेशी कुमर, निजगढ-९ का वडा सदस्य चित्र प्रसाद चौलागाई, इन्द्र कुमारी सुनार, बबिता श्रेष्ठ, जग्गा दाता : सिद्धिलाल लामा, सरिक मिया अन्सारी, कुमार खड्डा, निमा लामालगायत जनप्रतिनिधि र संचारकर्मीहरुको सहभागी रहेका थिए ।






















Discussion about this post