बारा । पुर्व पश्चिम राजमार्ग पथलैया–निजगढ सडकखण्डको १३ किलोमा आज शुक्रबार दिउँसो टिपरले कारलाई ठक्कर दिदा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार ज्यान गुमाउनेमा सर्लाही बरथवा नगरपालिका १५ हजरियाका ४६ वर्षीय नारायण हरी शर्मा र कार चालक सर्लाही सुन्दरपुर चोहवा ४ घर भएका वर्ष ५० का जीत नारायणप्रसाद साह रहेका छन । जीतपुरसिमरा उपमहानगरपालिका १६ स्थित भूईपुल नजिकको क्षेत्रमा कार र ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । प्रहरीका अनुसार निजगढबाट पथलैयातर्फ जादै गरेको प्र २–०३–००१ ख ०६०७ नम्बरको ट्रिपर र पथलैयाबाट निजगढतर्फ आउदै गरेको बा ०१–०२५ च ५०७६ नम्बरको कार दिउसो २ः ५५ बजे एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनालगत्तै कारमा सवार दुई जनालाई निजगढस्थित अस्पताल ल्याइएको भएपनि चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार ट्रिपर चालक फरार छन् । ट्रिपर सडक छेउमा पल्टिएको छ भने कारको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।






















Discussion about this post