शिक्षकहरूको प्रदर्शनका कारण सवारी आवागमन प्रभावित

382
SHARES
503
VIEWS

बारा । काठमाडौ नयाँ बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको छ । आन्दोलनरत शिक्षकहरूले आज शनिबार पनि प्रदर्शन जारी राखेका छन् । गत चैत २० गतेदेखि प्रदर्शन गरिरहेका शिक्षकहरू शनिबार (आज) सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।

बबरमहल–बानेश्वर सडक खण्डमा शिक्षकहरूले बसेरै प्रदर्शन गर्दा सवारी आवागमन प्रभावित भएको हो ।
‘माइतीघर मण्डलाको बबरमहल जाने तर्फको पूरै सडकमा बसेर प्रदर्शन गरिरहेको छ । आन्दोलनमा सहभागी शिक्षकहरुले सडक पूरै ब्लक गरेर प्रदर्शन गरिरहेको छ । सवारी साधन भने चलेको छैन । शिक्षक महासंघको नेतृत्वमा आन्दोलन भइरहेको हो । महासंघले आन्दोलन र वार्ता सँगसँगै लगेको छ ।

बिहीबार र शुक्रबार वार्ता भएको थियो । आज पनि वार्ताको तयारी भइरहेको शिक्षा मन्त्रालयल्र जनाएको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मुख्य मागसहित शिक्षहरू सडक आन्दोलनमा उत्रिएका हुन् । यससँगै माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुस्तिका जाँच पनि प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित