मधेश प्रदेशका १ हजार ८ सयभन्दा धेरै स्वास्थ्यकर्मी आन्दोलनमा

388
SHARES
511
VIEWS

बारा । मधेश प्रदेशका एक हजार आठ सयभन्दा धेरै स्वास्थ्यकर्मीहरु अहिले आन्दोलनमा छन् । मुख्यमन्त्री कार्यालय अगाडि चलिरहेको धर्नामा चौथो र पाँचौं तहका सिअहेब तथा सिअनमी स्वास्थ्यकर्मीहरु सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना शुरू गरेका हुन् ।

धर्नामा सहभागी संयोजक मोहन साहले मधेश प्रदेश सरकारले ल्याएको ‘मधेश प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरू धर्नामा बसेको बताए । ऐनका कारण आफूहरू बढुवाबाट वञ्चित भएको उनले जिकिर गरे ।

ऐनमा कर्मचारी समायोजन ऐन २०७५ बमोजिम समायोजन भइसकेका स्वास्थ्यकर्मीहरूको बढुवा यही ऐन बमोजिम मात्र हुनेछ भन्ने बुँदालाई आधार मानेर मधेश लोक सेवा आयोगले प्रक्रिया रोकेपछि चौथो तहबाट सेवा शुरू गरेका कर्मचारीहरू अन्योलमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित