बारा । महिलाहरुको पाठेघरको मुखको क्यान्सरबाट बच्नको लागि लगाइने एचपीभी खोपको विषयमा केहि सामाजिक संञ्जालहरुमा नकरात्मक टिकाटिप्पणी आइरहेको बेला जीतपुरसिमरा उपमहानगरपालिकाका जनस्वास्थ प्रमुख रवि भास्करले भने त्यस्ता टिकाटिप्णीप्रति सत्यता नरहेको प्रतिक्रिया दिएको छ । खोपको विषयमा थप कुनै आशंका भए सोको लागि नेपाल सरकारको टोल फ्रि नम्बर १११५ मा सम्पर्क गर्न समेत सकिने भास्करको भनाई छ । जीतपुरसिमरा उपमहानगरपालिकालगायत देशभरिका स्थानीय पालिकाहरुले १० देखि १४ वर्षका किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यानसरबाट बच्ने खोप दिने भएका छन । भोलि माघ २३ गते बुधबार देखि प्रत्येक विद्यालयमा पुगेर स्वास्थ्यकर्मीहरुले किशोरीहरुलाई सो खोप दिने र विद्यालयमा नजानेहरुको हकमा भने सार्वजनिक स्थानमा खोप लगाउने नगर स्वास्थ्य प्रमुख भास्करले बताए ।
नेपालमा प्रत्येक दिन ४ जनामहिलाहरु पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको कारण सरकार र दाता राष्टहरुको सहयोगमा खोप उपलब्ध हुने जनस्वास्थ्य निरीक्षक सदन जैसवालको भनाई छ । महिलाहरुको लागि यो खोप ९८ प्रतिशत प्रभावकारी रहेको स्वास्थ्यकर्मीहरुको दाबी छ । जीतपुरसिमारा नगर क्षेत्रभरि ७ हजार ८ सय ५१ जना किशोरिलाई खोप दिने लक्ष्य रहेको भास्करले जानकारी दिए ।




















Discussion about this post