सामुदायिक अस्पताल निजगढको २७ औं साधारणसभा सम्पन्न

392
SHARES
516
VIEWS

बारा । समुदायमा आधारित प्रसूतिगृह, निजगढ सामुदायिक अस्पतालको २७ औं साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा भएको साधारण सभाको उदघाटन बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले गरेका थिए । अस्पतालको  परिसरमा भएको सो साधारण सभाको उदघाटन सत्रमा प्रगति प्रतिवेदन पेस गर्दै अस्पताल संचालक समितिका अध्यक्ष न्यौपानेले अस्पतालमा सेवा र पूर्वाधार थप गरी गुणस्तरीय उपचार सेवा प्रदान गर्ने अभियान थालिएको बताए ।
कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरत्ज पुरी, निजगढ नगरपालिकाका पूर्व नगर प्रमुख सुरेश खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष खडगप्रसाद उप्रेती, नेकपा समाजवादीका नगर अध्यक्ष भिमसेन सापकोटा, जनमत पार्टीका मोजहर मन्सुरलगायतले अस्पतालको बारेमा बोलेका थिए । कार्यक्रममा समितिकी उपाध्यक्ष सावित्री भारतीले स्वागत मन्तव्य र सचिव कैलाश केसीले आयव्याय विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन कोषाध्यक्ष भाइकाजी श्रेष्ठले गरेका हुन।  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित