बारा । बाराको निजगढ-५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) को ६० औ वार्षिकोत्सव तथा हीरक जयन्ती मनाउने तयारीमा रहेको छ ।
पौष २२ र २३ गतेका दिन भव्य रुपमा मनाउने तयारी भईरहेको समारोहमा रक्षामन्त्री मानवीर राई आउनु हुने गरी तय भएको बिद्यालयले पत्रकार सम्मेलन मार्फत कानकारी गराएको छ ।
बि.स. २०२२ सालमा स्थापना भएको बाराको निजगढस्थित सार्वजनिक माध्यमिक विद्यालयले ६० वर्ष पूरा गरी हिरक जयन्ती मनाउने तयारी अन्तिम चरणमा रहेको समेत जनाएको छ । हिरक जयन्ती मनाउन मञ्च, ब्यबस्थापन निमन्त्रणा लगायतको तयारीको काम भई रहेको प्रधानाध्यापक हस्त बहादुर लामाले बताए ।
हीरक जयन्तिकै अवसर पारेर हाल विद्यालय स्तरीय खेलकुद प्रतियोगिता, सामुदायिक सरसफाइ अभियान र विविध कार्यक्रम संचालन भइरहेको पनि लामाले सुनाए ।
पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक अवस्थालाई थप मजबुत तुल्याउन हीरक जयन्ति महोत्सवले थप मद्दत पुऱ्याउने विश्वास व्यक्त गरेका थिए । अध्यक्ष गौतमले विद्यालयको समग्र अवस्था बारेमा संक्षित जानकारी दिए ।
विद्यालयमा भएको पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका सदस्य सागर गौतम, सहदेव गौतम, तारादेवी गौतम लगायतको उपस्थिति रहेको थियो ।






















Discussion about this post