उमेश घलान/बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरस्थित खेल मैदानमा बृहत सांस्कृतिक कार्यक्रम सुरु भएको छ ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति बाराको आयोजनामा सुरु भएको कार्यक्रम भोली माघ २० गतेसम्म हुने सञ्चालन हुने छ ।
कार्यक्रमको जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर भोलाप्रसाद अधिकारीले उदघाटन गरेका छन् ।
मन्जुश्री संवद २८६० औं सोनाम ल्होछार ‘डुक ल्हो’ गडुल वर्गको अवसरमा दुई दिने कार्यक्रम सञ्चालन भईरहेको हो । कार्यक्रममा स्थानीयसहित राष्ट्रिय कलाकारहरुले प्रस्तुती दिईरहेका छन् ।
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति बाराका अध्यक्ष सुर्य घलानको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १७ का वडा अध्यक्ष भिमबहादुर गङतान बलले स्वागत र तिर्थ तामाङ, उषा स्याङतानले सञ्चालन गरेका थिए ।
कार्यक्रममा उपमेयर अधिकारी, नेपाल तामाङ घेदुङका संघीय सदस्य लक्ष्मी बल, लामा गुरु कान्छामान वाईवा, नेपाल तामाङ घेदुङ निजगढका पूर्व अध्यक्ष शिद्धार्थ लोप्चन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरुङ, जीतपुरसिमरा वडा नम्बर १७ का पूर्व अध्यक्ष नवराज खड्का, कोल्हवी ८ का पूर्व वडा अध्यक्ष सार्थक पौडेल, करैयामाई गाउँपालिकाका कार्यपालिका सदस्य दिपक पासवान लगायतको उपस्थिति रहेको थियो ।






















Discussion about this post