महँगी नियन्त्रणसहित सातसूत्रीय माग राख्दै नेकपा बाराले बुझायो ज्ञापनपत्र

394
SHARES
518
VIEWS

कलैया । महँगी नियन्त्रणसहित जनजीविकासँग जोडिएका सातसूत्रीय माग राख्दै नेपाली कम्युनिष्ट पार्टी जिल्ला समिति बाराले सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
नेकपा बारा संयोजक गीता कडेलको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पठाइएको छ । ज्ञापनपत्रमा किसानलाई सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराउन, ग्यास अभाव अन्त्य गर्न, अघोषित लोडसेडिङ हटाउन र विद्युत् महसुलमा लगाइएको अनावश्यक कर हटाउन माग गरिएको छ ।

त्यस्तै मालपोत, नापी, प्रशासन र यातायातलगायत सरकारी कार्यालयमा हुने ढिलासुस्ती अन्त्य गरी छिटोछरितो सेवा दिन, सरकारी अस्पतालमा चौबीसै घण्टा विशेषज्ञ सेवा सञ्चालन गर्न तथा प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टिस्नेक भेनम र जिल्लामा रेबिज भ्याक्सिन सहज उपलब्ध गराउन माग गरिएको छ।
दैनिक उपभोग्य वस्तुको बढ्दो मूल्य नियन्त्रणका लागि प्रभावकारी बजार अनुगमन गर्नसमेत नेकपा बाराले सरकारको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित