करैयामाईमा अनियमितताको आरोप, पारदर्शितामाथि प्रश्न

390
SHARES
513
VIEWS

करैयामाई/महेन्द्र सहनी । करैयामाई गाउँपालिकामा कर्मचारी नियुक्ति, योजना कार्यान्वयन तथा सेवा प्रवाहमा अनियमितता भएको आरोप लागेको छ । स्थानीय नागरिक तथा सरोकारवालाहरूले प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवसमक्ष ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल छानबिन र आवश्यक कागजात सार्वजनिक गर्न माग गरेका छन् ।

विशेषगरी ‘जेन्सी शाखा’मा दुई कर्मचारी नियुक्त गर्दा दरबन्दी, कानुनी आधार र कार्यविधि पालना नगरिएको स्थानीयको आरोप छ । ज्यालादारी कर्मचारी हटाएर करारमा कर्मचारी नियुक्त गरिएको विषयमा समेत पारदर्शितामाथि प्रश्न उठाइएको हो ।

त्यसैगरी, गत आर्थिक वर्षका योजनाको स्वीकृत बजेट, खर्च तथा कार्यप्रगति विवरण सार्वजनिक नगरिएको, कतिपय फाइल र भुक्तानी लामो समय रोकिएको तथा कृषि सामग्री र मलखाद वितरणमा समेत अनियमितताको आशंका रहेको स्थानीयको दाबी छ ।

स्थानीयले गाउँपालिकालाई सात दिनभित्र स्पष्ट जवाफ र आवश्यक कागजात सार्वजनिक गर्न अल्टिमेटम दिएका छन् । माग सम्बोधन नभए शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।

उठेका आरोपबारे गाउँपालिकाको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी रहेकाले अब निष्पक्ष छानबिनमार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्ने स्थानीयको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित