विपद् उद्धार कोषमा लायन्स क्लब निजगढ युथको ४७ हजार सहयोग

391
SHARES
514
VIEWS

निजगढ । विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले लायन्स क्ल्ब अफ निजगढ, युथ अफ निजगढले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४७ हजार २ सय ६६ रुपैयाँ सहयोग गरेको छ ।

क्लबले विपद्को कठिन घडीमा मानवीय सेवाप्रतिको सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त रकम कोषमा जम्मा गरेको जनाएको हो । क्लबका चार्टर प्रेसिडेन्ट इराज कोइरालाका अनुसार विपद पीडित तथा प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको हो ।

क्लबले आफ्नो सहयोग सानो प्रयास भए पनि विपदमा परेका नागरिकको पीडामा केही राहत पुग्ने विश्वास व्यक्त गरेको छ । साथै विपद्का समयमा सबैले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न पनि क्लबले आग्रह गरेको छ ।

‘मानव सेवा नै सबैभन्दा ठूलो सेवा हो’ भन्ने भावनाका साथ सामाजिक सेवाका गतिविधिलाई निरन्तरता दिँदै आएको क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित