बारा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बारा जिल्ला अध्यक्षमा निजगढका युवा नेता विनोद भारती चयन भएका छन् । कलैयास्थित एभरेस्ट होटलमा बिहीबार सम्पन्न पार्टीको छैटौं जिल्ला अधिवेशनले भारतीको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
अधिवेशनबाट जिल्ला समितिको सदस्यमा बुद्धिप्रसाद पाण्डे, लक्ष्मी साह कलवार, महावीरप्रसाद यादव, जागेश्वर गिरी, होमबहादुर रखाल, रेशमबहादुर राउत, मेघबहादुर कार्की, सुशीलकुमार सिंह र खड्गप्रसाद उप्रेती चयन भएका छन् ।
त्यस्तै विश्वनाथ साह कानु, मन्जुर मियाँ मन्सुर, शम्भुप्रसाद चौधरी, सीतादेवी चौधरी, शिवप्रसाद तिमल्सिना, दिपा यादव, महन्थप्रसाद यादव, मुलचन पासवान, राजेशप्रसाद यादव र मणिकान्त चौधरीलगायत सदस्यमा चयन भएको हो ।
अधिवेशनको उद्घाटन राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले गरेका थिए । अधिवेशनमा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता थियो । नवनिर्वाचित अध्यक्ष भारती निजगढ क्षेत्रका युवा नेता हुन् । उनको नेतृत्वमा जिल्लामा पार्टी संगठन विस्तार, युवाको सहभागिता वृद्धि तथा आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने चुनौती रहेको राप्रपा नेताहरूले बताएका छन् ।























Discussion about this post