कर्फ्यु समाप्तपछि निजगढमा बढ्यो चहलपहल

382
SHARES
502
VIEWS

बारा । नेपाली सेनाले लगाएको कर्फ्यु र निषेधाज्ञा समय समाप्त भएको छ । कर्फ्यु समाप्त भएपछि निजगढमा हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढेको छ ।

नेपाली सेनाले जारी गरेको सूचना अनुसार भदौ २६ गते बिहान सम्म कर्फ्यु गरिएको थियो । अहिले सवारी साधनहरु निर्वाध चलिरहेका छन् । किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ ।

अहिले नेपाली सेना सडकमा खासै देखिएका छैनन् । हिजो बाराको मुख्य शहरको चोक चोकमा हतियारधारी सेना तैनाथ थिए । अहिलेसम्म भने पुनः कर्फ्यु लगाइने भन्ने नेपाली सेनाबाट खासै अधिकारीक सूचनामा प्राप्त भएको छैन  ।

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरुले भदौ २३ गते गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएको भोलिपल्ट सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले देशभर कर्फ्यु जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित