निजगढ तरुण दल नगर संयोजक ढुंगानाद्वारा Gen-Z आन्दोलनलाई समर्थन

394
SHARES
518
VIEWS

बारा । बाराको निजगढ नगरपालिकामा नेपाली काँग्रेस भातृ संगठन तरुण दलका नगर संयोजक प्रहार ढुंगानाले Gen–Z आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरेका छन् ।

सोमबार भदौ २३ गते देशभरी भएको जेन–जेड आन्दोलनलाई सरकारले निहत्था दमन गरेको भन्दै उनले कठोर शब्दमा आपत्ति जनाए । ढुंगानाले आफूले नेतृत्व गर्ने संगठनका तर्फबाट अब कुनै पनि गतिविधिमा सक्रिय सहभागी नहुने स्पष्ट पारेका छन् ।

गत भदौ ६ गते जिल्ला कार्यसमितिको निर्णयअनुसार ढुंगानालाई तरुण दलको नगर संयोजकको जिम्मेवारी दिइएको थियो । नगरका १३ वटै वडामा संगठन निर्माण र विस्तारको जिम्मा पाएका उनले अहिलेको आन्दोलन युवाको अधिकार र लोकतान्त्रिक स्वतन्त्रताको पक्षमा रहेको ढुङ्गानाको भनाई छ ।

उनले भने, “शान्तिपूर्ण आन्दोलनमा युवामाथि भएको दमन अस्वीकार्य छ । हामी युवा पीढाको आवाजसँग दृढतापूर्वक उभिएका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित