सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शनमा १४ को मृत्यु ४९ गम्भीर घाईते

385
SHARES
506
VIEWS

विजय कार्की/ललितपुर । सामाजिक सञ्जाल बन्दको विरोधमा शुक्रबार राजधानीमा भएको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

बानेश्वरस्थित संसद भवन परिसरमा जेन–जी पुस्ताका युवाहरूको अगुवाइमा भएको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका एकजनाको शुक्रबार बेलुकी सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या १४ पुगेको हो। दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा भर्ना भएका घाइतेमध्ये धेरैजसोको अवस्था गम्भीर छ ।

काठमाडौं महानगरपालिकाले प्रदर्शनस्थलबाट करिब ५० जना गम्भीर घाइतेलाई उद्दार गरी विभिन्न अस्पतालमा पुर्‍याएको जनाएको छ । महानगरपालिकामा एम्बुलेन्स सेवाको समन्वय गरिरहेका एक कर्मचारीले भने, “बानेश्वरबाट करिब ५० जना गम्भीर घाइतेलाई हामीले एम्बुलेन्समार्फत अस्पताल पुर्‍यायौं। उनीहरू अधिकांश गोली लागेर रगताम्य अवस्थामा थिए ।”

घाइतेहरूलाई सिभिल, ट्रमा सेन्टर, पाटनलगायतका अस्पतालमा पुर्‍याइएको छ। एउटै अस्पतालमा उपचार सम्भव नभएपछि केहीलाई अर्को अस्पतालमा सारिएको पनि बताइएको छ ।

सामाजिक सञ्जाल बन्दविरुद्धको प्रदर्शन दिनभरि उपत्यकाका विभिन्न क्षेत्रमा तीव्र भएको थियो। प्रहरी र प्रदर्शनकारीबीच भिडन्त हुँदा ठूलो संख्यामा मृत्यु र घाइते हुने अवस्था सिर्जना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित