गढीमाई क्षेत्रको हरियाली र सुन्दरता बढाउन फाउण्डेशनद्वारा वृक्षरोपण 

389
SHARES
512
VIEWS

दिपेन्द्र जयसवाल, बारा । महागढीमाई फाउण्डेशनले विश्व प्रसिद्ध गढीमाई मन्दिर, बरियारपुर परिसरमा बृहत वृक्षारोपण गरेको छ । “स्वच्छ वातावरण, समृद्ध समाज” नारासहित कार्यक्रम वर्ल्ड लिंक बाराको सहयोग र महागढीमाई नगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस बारा जिल्ला सचिव भैयाराम यादवले वातावरण संरक्षण बिना समृद्धि सम्भव नहुने भन्दै गढीमाई मन्दिरको सुन्दरता र धार्मिक–सांस्कृतिक पर्यटन प्रवर्द्धनमा वृक्षारोपणले टेवा पुर्‍याउने बताए ।

विशिष्ट अतिथि खल्ती एप्लिकेशनका सह–संस्थापक अरबिन्द साहले हरियाली विस्तारले गढीमाई क्षेत्रको आकर्षण बढाउने र सामाजिक–आर्थिक विकासमा योगदान दिने धारणा राखे ।

कार्यक्रममा पूर्व वडा अध्यक्ष बिरेन्द्र चौरसिया, वर्ल्ड लिंक बाराका ब्रान्च म्यानेजर प्रदीप साह, समाजसेवी, शिक्षक–शिक्षिका, धार्मिक अभियन्ता, पत्रकार लगायतको उपस्थिति थियो । सहभागीलाई गमछा र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

आयोजकका अनुसार समुदायका युवाहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रमले प्राकृतिक सन्तुलन र वातावरणीय संरक्षणमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित