अचार बनाउने सीप विकास तालिम सम्पन्न, महिलामा आत्मनिर्भरता अभिवृद्धि

396
SHARES
521
VIEWS

बारा । निजगढ नगरपालिकाको वडा नं. ८ मा “उद्यमशीलता विकास र व्यवसायिक अचार बनाउने सीप विकास तालिम” सम्पन्न भएको छ । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत सञ्चालन भएको तालिममा स्थानीय महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

“आर्थिक समृद्धिको आधार, लघु उद्यममा निरन्तरता” भन्ने नारासहित आयोजित उक्त तालिमले स्थानीय महिलालाई लघु उद्यमद्वारा आत्मनिर्भर बनाउन सहयोग पुर्‍याएको छ । तालिममा सहभागी महिलाहरूले विभिन्न प्रकारका अचार बनाउने तरिका, हाइजिन, प्याकेजिङ्ग र बजार व्यवस्थापनको बारेमा व्यवहारिक ज्ञान प्राप्त गरेका थिए ।

कार्यक्रममा घरेलु स्रोतसाधनको प्रयोग गरी कसरी सस्तो र गुणस्तरीय अचार उत्पादन गर्न सकिन्छ भन्ने विषयमा समेत प्रशिक्षण दिइएको थियो । तालिमको समापनमा सहभागीहरूले बनाइएको अचारको प्रदर्शनी समेत गरिएको थियो, जसले महिलाको सिर्जनशीलता र उद्यमशीलता झल्काएको थियो ।

निजगढ नगरपालिकाको कार्यपालिका लक्षित कोष अन्तर्गत लघु उद्यम  शाखाको समन्वयमा सञ्चालन गरिएको यस तालिमले सहभागीहरूलाई आयआर्जनको नयाँ बाटो देखाएको सहभागीहरूको भनाइ थियो । आगामी दिनमा थप यस्ता तालिममार्फत स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गर्नुपर्नेमा सहभागीहरूको जोड रहेको थियो ।

समापन कार्यक्रममा निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङको प्रमुख अतिथ्यतामा भएको थियो । त्यस्तै कार्यक्रमम निजगढ नगरपालिका कार्यपालिका सदस्य मन माया तामाङ्गको अध्यक्षतामा प्रमुख अतिथि सोममाया थिङ्गले तालिममार्फत महिलाहरूलाई घरेलु स्रोत साधनको प्रयोग गरेर अचार उत्पादन तथा व्यवसाय प्रवर्द्धन सम्बन्धी सीप प्रदान गर्ने उद्देश्य पूरा भएको बताईन ।

सहभागीहरूले केवल अचार बनाउने सीप मात्रै होइन, बजार व्यवस्थापन, ब्रान्डिङ र मूल्य निर्धारणको ज्ञानसमेत प्राप्त गरेका छन् ।

उपमेयर सोममाया थिङ्गको भनाई थियो । त्यस्तै कार्यक्रम संयोजक सुशीला रौनियारका अनुसार “महिलाहरूको क्षमता विकास गर्दै उनीहरूलाई आर्थिक रूपमा सबल बनाउन यो कार्यक्रम प्रभावकारी भएको छ।” उनले लघुस्तरको घरेलु व्यवसायलाई दीर्घकालीन रोजगारीमा रूपान्तरण गर्ने उद्देश्यले कार्यक्रम अगाडि बढाइएको बताइन् । कार्यक्रममा पवित्र सुनार निजगढ १२ की वडा महिला सदस्य सुकुमाया रुम्बालगायतका स्थानीय संचारकर्मीहरुको समेत सहभागीता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित