निजगढ–१२ मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

388
SHARES
511
VIEWS

निजगढ, बारा । निजगढ नगरपालिका–१२ मा एक दिने ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रम वडा कार्यालयको आयोजनामा र च्याप्टर नेपाल संस्थाको सहकार्यमा गरिएको हो ।

कार्यक्रम श्री सरस्वती आधारभूत विद्यालय कोलगाउँ र श्री नेपाल आधारभूत विद्यालय बुङ्जोरमा आयोजना गरिएको थियो ।

विद्यार्थीहरूलाई सडक सुरक्षाबारे जानकारी दिन कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष ज्ञानबहादुर गोलेले जानकारी दिए । कार्यक्रममा वडा सदस्यहरू चन्द्रमान तामाङ, शम्भु थोकर, महिला सदस्य सुकुमाया जिम्बा, वडा सचिव अरुण कुमार बस्नेत र च्याप्टर नेपालका महासचिव सुदीप तिमल्सिनाको उपस्थिति थियो ।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराका प्रमुख दीपक केसीले प्रमुख प्रशिक्षकको रूपमा विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक सुरक्षा र अनुशासनका विषयमा जानकारी गराएका थिए ।

दुवै विद्यालयका शिक्षकहरूको समेत उपस्थिति रहेको कार्यक्रममा सञ्चालन च्याप्टर नेपालका सदस्य योगेश न्यौपानेले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित