दलित–गैरदलित विवाह जोडी, परम्परागत पेशाकर्मी र अधिकारकर्मीलाई सम्मान

399
SHARES
525
VIEWS

निजगढ ।  दलित समुदायको सामाजिक पहिचान, परम्परागत पेशाको सम्मान र जातीय सहिष्णुता प्रवर्द्धनका लागि योगदान दिने व्यक्तिहरूलाई निजगढमा विशेष सम्मान गरिएको छ । फस्ट ट्र्याक मिडिया प्रालिको आयोजनामा तथा निजगढ नगरपालिकाको सहकार्यमा आयोजित कार्यक्रममा दलित–गैरदलित विवाह जोडी, परम्परागत पेशामा संलग्न श्रमिक र दलित अधिकारकर्मीहरूलाई सार्वजनिक रूपमा सम्मान गरिएको हो ।

कार्यक्रममा सम्मानितहरूलाई दोसल्ला ओढाएर तथा प्रमाणपत्र प्रदान गर्दै उनीहरूको योगदानप्रति सम्मान प्रकट गरिएको थियो ।

विभेद चिर्ने सम्बन्धको कदर

जातीय विभाजन चिर्दै अन्तरजातीय (दलित–गैरदलित) विवाह गर्ने जोडीहरूलाई मञ्चमा उभ्याएर सम्मान गरिँदा कार्यक्रमस्थलमा तालीको गुन्जायमान वातावरण बनेको थियो । ‘समाजले त आलोचना गर्‍यो, आज भने हाम्रो सम्बन्धलाई मञ्चमा सम्मान गरियो,’ एक सम्मानित जोडीले प्रतिक्रिया दिए ।

परम्परागत पेशामा श्रम, श्रममा सम्मान

लुगा सिउने, फलामको काम गर्ने जस्ता परम्परागत पेशामा संलग्न दलित समुदायका सदस्यहरूलाई पनि सम्मान गरियो । श्रमलाई हेप्ने होइन, मानेर अघि बढ्नुपर्ने सन्देश दिँदै आयोजकहरूले उनीहरूको योगदानलाई समाज निर्माणको आधार भनेका थिए ।

अधिकारका निम्ति समर्पित आवाजहरू

दलित अधिकारका पक्षमा लामो समयदेखि काम गरिरहेका अधिकारकर्मीहरूलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो। समाजका तल्लो तहसम्म पुगेर न्याय र सचेतनाका लागि क्रियाशील उनीहरूलाई ‘मौनता तोड्ने आवाज’ भनेर चिनाइएको थियो ।

समापन कार्यक्रममा बोल्दै निजगढ नगरपालिकाकी उअपमेयर सोममाया थिङ्गले भने, ‘दलित समुदायलाई साथ र सम्मान दिनु हाम्रो दायित्व हो । यो सम्मान केवल कार्यक्रम होइन, भविष्यमा उनीहरूलाई नीति निर्माणमा पनि सहभागी गराउने प्रतिबद्धता हो ।’ उनले भनिन ।

सम्मानले प्रेरणा, समावेशीताले मार्ग

फस्ट ट्र्याक  मिडियाका अनुसार कार्यक्रमको उद्देश्य दलित समुदायभित्रको सकारात्मक पहललाई पहिचान गर्दै समाजमा समावेशीताको सन्देश फैलाउने हो । सहभागीहरूले पनि यस्ता कार्यक्रमहरूले मौन समुदायलाई बोल्ने हिम्मत दिने विश्वास व्यक्त गरेका थिए । दलित अधिकार, श्रम र समावेशी सम्बन्धको कदर गर्दै गरिएको सम्मान कार्यक्रमले सामाजिक रूपान्तरणका पक्षधरहरूलाई प्रेरणा दिएको छ ।

कार्यक्रमको संयोजक उमेश घलानको अध्यक्षता भएको सो कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेय्र सोममाया थिङ्ग प्रमुख अतिथि रहेकी थिइन । कार्यक्रममा १ नम्बर वडा अध्यक्ष मंगले लोप्चन, २ नम्बर वडा का वडा अध्यक्ष राजन श्रेष्ठ, कार्यपालिका सदस्य फुलमाया लामा, अरुणा विक, समाजसेवी रविराज दंगाल र वेनि मोक्तानलगायतले दलितको बारेमा बोलेका थिए ।

निजगढ नगरपालिकाको गाएको वुधावार जेठ २१ गतेबाट जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस–२०८२ को अवसरमा निजगढ नगरपालिकाले अन्तरक्रिया ।  नगर कार्यपालिकाको सभाहलमा आयोजित कार्यक्रममा जातीय भेदभाव अन्त्य तथा दलित अधिकार प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो । नगर सुरथ पुरीको अध्यक्षतामा सो कार्यक्रममा, उपमेर सोममाया थिङ्ग प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्याल र विभिन्न राजनीतिक दललगायतको बुद्धिजीवीको उपस्थिति रहेका थिए । त्यसपछि दोश्रो चरणको कार्यक्रम सुरु भयो कार्यक्रम निजगढ नगरपालिकाको कार्यपालिका लक्षित कोषमार्फत जातीय समसता प्रवर्द्धन गर्न योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान कार्यक्रमको सुरु थियो ।

कार्यक्रम आज निजगढ-१ का वडा कार्यालय सिङ्गुल भरतगंजमा सम्पन्न भएको थियो । भने कार्यक्रमको संचालन फास्ट ट्र्याक मिडियाका अध्यक्ष महेश्वर अधिकारीले गरेका थिए । निजगढ १,२,४,५,६,७,८ र ९ वडा गरि अधिकारकर्मी, परम्परागत पेशाकर्मी र विवाहित जोडीगरी १ सय ८२ दलितहरुलाई सम्मान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित