धनुषा । प्रेस सेन्टर नेपाल मधेस प्रदेश समितिको पहिलो बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृका यादवले आफू मधेसमा शासन गर्न नभई जनताको समस्या समाधान गर्न आएको बताएका छन् ।
पाँचौं प्रदेश अधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले जनताको मुद्दा र अधिकारलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । यादवले भने, “हामी शासन गर्न होइन, सेवा गर्न आएका हौं । मधेसी र उत्पिडन जनताको पीडा सम्बोधन गर्नतर्फ सबैले ध्यान दिनुपर्छ ।”
कार्यक्रममा उनले जनपक्षीय पत्रकार सहिद कृष्ण सेन ‘ईछुक’ को स्मरण गर्दै सहिद परिवारको पीडाबारे पनि चर्चा गरे। “ईछुकले देखाएको बाटो जनमुखी पत्रकारिताको आधार हो,” उनले भने, “हामी त्यो विचारलाई पछ्याउन प्रतिबद्ध छौं।”
उनका अनुसार संगठनले अब जनस्तरमा पुगेर मुद्दा उठाउनुपर्ने र प्रेस सेन्टरले पनि त्यसमा भूमिका खेल्नुपर्ने आवश्यकता छ । कार्यक्रममा नवगठित प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरेको छ ।






















Discussion about this post