धनुषा । प्रेस सेन्टर नेपालका केन्द्रिय अध्यक्ष कमल गिरीले पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल पेशागत रुपमा स्वतन्त्र भए पनि विचार र दृष्टिमा माओवादी आन्दोलनप्रति प्रतिबद्ध रहेको बताएको छ ।
‘रगतको इतिहासबाट आएका संगठन हौं, श्रमजीवी वर्गको पक्षमा कलम चलाउँछौं,’ प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष गिरीले शनिबार धनुषाको ढल्केबर स्थित होट्ल कोमलमा सभा हालमा आयोजित कार्यक्रममा भने, ‘व्यवसायिक अभ्यासका बीच पनि हाम्रो विचार र दृष्टि माओवादी आन्दोलनसँग जोडिएको छ।’
उनका अनुसार प्रेस सेन्टर पेशागत संगठन भए पनि माओवादी पार्टीप्रति शुभेच्छा राख्ने संगठनको रूपमा अघि बढिरहेको छ । ‘पार्टीको औपचारिक अंग नभए पनि विचार र उद्देश्यमा हामी पार्टीकै पक्षमा छौं,’ उनले स्पष्ट पारे ।
गिरीले प्रेस सेन्टरले श्रमजीवी पत्रकारहरूको हकहितका लागि निरन्तर आवाज उठाउँदै आएको बताए । उनले वर्तमान मिडिया बजारमा देखिएको व्यावसायिक चुनौतीबीच पनि प्रेस सेन्टरले सिद्धान्त र प्रतिबद्धतामा सम्झौता नगरेको दाबी गरे ।
पाँचौं प्रदेश अधिवेशनबाट निर्वाचित प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिको पहिलो बैठक धनुषा ढल्केबरमा आयोजना गरेका थिए ।






















Discussion about this post