बारा । प्रतिबन्धित लागूऔषध ट्रमडोल र अनेरेक्ससहित २ जना भारतीय नागरिकलाई प्रहरीले बाराको अमलेखगन्जबाट पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको टोलीले जेष्ठ १५ गते बिहान साढे ११ बजे वीरगन्जबाट हेटौंडातर्फ जाँदै गरेको BR ०१ BU ३४८५ नम्बरको भारतीय कार रोकेर जाँच गर्दा कारको विभिन्न भागमा लुकाइ राखिएको लागूऔषध फेला पारेको हो ।
प्रहरीका अनुसार कारको पछाडिको सिटमुनि र ढोकामा फल्स बटम बनाई राखिएको सो लागुऔषध ट्रमडोल हाइड्रो क्लोराइड क्यापसुल २ हजार १ सय ६ सय पत्ता ट्याब्लेट र कारको अगाडिको तथा पछाडिको ढोका भित्र लुकाइएको अनेरेक्स ब्राण्डका ७६ बोतल १ सय मि.लि. बरामद गरिएको हो ।
पक्राउ पर्नेमा भारतको भैसाली जिल्ला, ग्राम हुसेनाराके वडा नम्बर १२ का २७ वर्षीय धिरज कुमार सिंह (कार चालक) र मोतिहारी जिल्ला, ग्राम कटगेनवा वडा नम्बर २ का १८ वर्षीय चन्दन कुमार पटेल छन् ।
प्रहरीले दुबै जनालाई लागूऔषधसहित नियन्त्रणमा लिई लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।






















Discussion about this post