बाराको फेटामा सवारी दुर्घटनामा बालकको मृत्यु

400
SHARES
526
VIEWS

बारा । बाराको फेटा गाउँपालिका वडा नम्बर ७ गमहरिया चोक नहर स्थित सडक खण्डमा सवारी दुर्घटना भएको छ । बिहीबार पिकअप र अटो रिक्सा एक आपसमा ठोक्किएको थियो । सो दुर्घटनामा एक बालक मृत्यु भएको छ । भने एक जना घाईते भएका छन । मृत्यु हुने बालक बारा बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ ईटियाही टोल बस्ने सुनिल पण्डितको १३ बर्षिय छोरा समर पण्डित रहेको छ । जिल्ला प्रहरी कार्यालय बाराका दुर्घटनामा चितवन खैरेनी गाउँपालिका वडा नम्बर ६ पुलटोल बस्ने हरीशरण हजरा घाईते भएका छन । उनको दाहिने हात र खुट्टामा चोट लागेको छ । उनीहरुलाई उपचारको लागि बिरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा लगिएको थियो ।समर पण्डितको भने उपचारको क्रममा मेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । भने अर्का घाईते हजराको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । फेटा बाट मटिअर्वा तर्फ जादै गरेको बा ०१–०३० च १४२१ नम्बर पिकअपले बिपरित दिशाबाट आउदै गरेको ना २ ह ४८८९ नम्बरको अटोलाई ठक्कर दिएको थियो । अटोमा सवार आठ जना मध्ये दुई जना घाईते भएका थिए । बारा प्रहरीले दिएको जानकारी अनुसार अटो चालक कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुर बस्ने ५३ बर्षिय अबुलयस मिता रहेको छ । मिया प्रहरीको  नियन्त्रणमा छ । भने पिकअप  फरार रहेको छ । फरार चालकको खोजी भैरहेको बारा प्रहरी नायब उपरिक्षक बिजयराज पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित