पुर्व पश्चिम राजमार्ग हेटौंडा मनहरी सडक खण्ड सावारी दुर्घटनामा महिलाको मृत्यु

401
SHARES
528
VIEWS

बारा । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर– ७ लच्कास्थित पुर्व पश्चिम सडक खण्डमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु भएको हो । मनहरीबाट सुनाचुरी तर्फ जादै गरेको बा ६२ प १११४ नम्बरको मोटरसाइकलले हाल नाम थर वतन नखुलेको करिब ६१ वर्षिय महिलाको मृत्यु भएको हो । सडक पार गर्नेक्रममा मोटरसाइकलको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित