रौतहटको चाँदी खोलामा एक बालकको शव फेला

385
SHARES
506
VIEWS

बारा । रौतहटको मध्यभाग गरुडा नगरपालिका ८ स्थित चाँदी खोलामा एक बालकको शव फेला परेको छ । पछिल्लो ५ दिन देखि हराइरहेका वृन्दावन नगरपालिका ७ बस्ने सुरुज राय यादवको छोरा वर्ष १४ को कृष्ण प्रसाद यादवको शव पानीमा घोप्टो अवस्थामा शुक्रबार बिहान ९ बजे फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए । घटनाको जानकारी प्राप्त हुनासाथ डिएसपी कार्कीसहितको टोली अनुसन्धानको लागि  घटनास्थलमा खटिएको थियो । बरामद शवको प्रकृति हेर्दा कर्तव्य गरी हत्या गरिएको जस्तो देखिएको डीएसपी कार्कीले मधेस प्रवाहलाई जानकारी दिएको छ । बालकको पेट र कन्चटमा गहिरो घाउ खत देखिएकाले धारिलो हतियारले प्रहार गरेको हुनसक्ने अनुमान रहेको डीएसपी कार्कीले बताए । शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुर पठाइएको प्रहरीले जनाएको छ । गत ६ गते बेलुकी ४ बजे घरबाट बिर्ता गाउँ जान्छु भनी आफ्नै मोटरसाइकल चढेर निस्किएका थिए ।  ३ दिनसम्म बालक घरमा फिर्ता नआएपछि गत ९ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालय ज्येष्ठ नागरिक महिला तथा बालबालिका सेल गरुडामा खोजतलासको लागि निवेदन दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित