रतनपुरमा नि:शुल्क आँखा शिविर ११ जनामा मोतिय विन्दु

388
SHARES
510
VIEWS

रतनपुर । बाराको निजगढ– ११ रतनपुरस्थित रतनपुरी स्वास्थ्य चौकीमा सञ्चालन भएको आँखा जाँच शिविरमा ११ जनामा मोतियाविन्दु फेला परेको छ । निजगढ तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा मंगलबार सञ्चालित निःशुल्क परीक्षण शिविरमा सहभागि ७० जनामध्ये ११ जनामा मोतियाविन्दु फेला परेको स्वास्थ्य चौकीका इन्चार्ज दिनेश परियारले जानकारी दिए । उनीहरुको भोलि विहिवार तिलगंगा आँखा अस्पताल निजगढमा निःशुल्क शल्यक्रिया गरिने इन्चर्ज परियारले जानकारी दिए । शिविरमा २० जना दाँतका विरामीको पनि परीक्षण र उपचार भएको छ । निजगढ नेत्र सहायक अमन चौधरीको नेतृत्वमा मन्जुकुमारी बस्नेतले आँखा परीक्षण गरेका थिए भने सिम्रन डेन्टल क्लिनिक बुद्धचोकका विनय कुशवाहले दाँतको परीक्षण तथा उपचार गरेका थिए । शिविरमा परीक्षण, परामर्श र औषधि वितरण समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित