बारा । रोल्पामा बालुवा बोकेको ट्रीपर दुर्घटना हुँदा बाराको निजगढ घर भएका चालकको ज्यान गएको छ । दूर्घटनामा निजगढ नगरपालिका– ५ घर भएका चालक ३६ वर्षिय जिते कुमरको मृत्यु भएको हो । मंगलवार राती ११ बजे रोल्पाको माडी गाउँपालिका– २ घर्तीगाउँस्थित सडकमा ना.८ ख. ७२७६ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ट्रिपरले माडी गाउँपालिका– ४ स्थित टुपबोट भन्ने स्थानबाट बालुवा लिई दारबोटतर्फ जाँदै गरेको थियो । मंगलवार राती खसेको उक्त ट्रीपरका सम्वन्धमा बुधवार बिहान साँढे ९ बजे मात्रै एमके.कन्स्ट्रक्सन प्रालिले रोल्पा प्रहरीलाई जानकारी गराएको बताइएको छ । प्रहरीका अनुसार ट्रिपरमा चालक एक्लै थिए । उनी सडकबाट अन्दाजी ७० मिटर तल मृत अवस्थामा भेटिएका हुन् । ट्रिपर घटनास्थलमा नै रहेको र मृत चालकका बारेमा परिवारजनलाई बुधबार विहान नै खबर गरिए पनि शव लिन विहिबार मात्रै जाने खबर पाएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।






















Discussion about this post