निजगढ । राष्ट्रिय युवासंघ नेपाल, बारा निजगढ नगर कमिटीले बृहत नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
कमिटीले माघ १६ गते बुधवार निजगढ-३ स्थित सिंगौलमा नि:शुल्क शिविर संचालन गर्न लागेको हो ।
शिविर वडा नम्बर ३ का वडा कार्यालय सँगै रहेको लालिगुराँस आधारभूत विद्यालयमा संचालन हुने युवासंघ निजगढ कमिटीका अध्यक्ष घनश्याम तिमल्सिनाले जानकारी दिए ।
निजगढ सिटि हस्पिटलको प्राविधिक सहयोगमा युवा संघले सो शिविर संचालन हुने छन । शिविरमा नाक, कान, घाँटी, नशा तथा हाडजोर्नी, स्त्री तथा यौन रोग, सुगर, प्रेसर, थाईरोईड, दाँत तथा गिँजाका साथै भिडियो एक्स-रे र आँखा सम्बन्धी समस्याको पनि परामर्श दिइने तिमल्सिनाले बताए ।
अध्यक्ष तिमल्सिनाले शिविरमा आई स्वास्थ्य परिक्षण गराई लाभ लिन मातहतका स्थानीयलाई आव्हान समेत गरेक छ ।























Discussion about this post