बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ७ मा रहेको लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा आइतवार निःशुल्क आँखा र दन्त परीक्षण शिविर संचालन गरिएको छ । निजगढ-११ रतनपुर स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरको प्राङ्गणमा चिकित्सक सुशिल सिंहको टोलीले विरामीहरुको आँखा र दाँतको परीक्षण गरेको थियो ।
स्थानीय ९३ बर्षीय वृद्ध महिलाको आँखा परीक्षणपछि शिवीर शुरु गरिएको थियो । सो शिविरमा १२७ जनाले आँखा परीक्षण गराएकोमा ११ जनामा मोतियाबिन्दु फेला परेको थियो । त्यस्तै दन्त शिबिरमा ९३ जनाले दाँत परिक्षण गराएका थिए । जसमा आरसिटीमा २५ प्रतिशत तिलगंगा आँखा अस्पतालको सहयोगमा छुट्सहित परिक्षण गराएको हो । मोतिय विन्दु देखिएका विरामीहरुलाई कार्तिक २६ गते निजगढ तिलगंगा आँखा अस्पतालले निःशुल्क उपचार गरिने सहकारी संस्थाका व्यवस्थापक रोशन तिमल्सिनाले बताए ।






















Discussion about this post