बारा । मधेश प्रदेश सरकार अन्तर्गत रहेको प्रादेशिक अस्पताल कलैयाको बिकास समिती अध्यक्ष प्रकाश चौगाई र निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट अजय गुप्ताको कारण गत आर्थिक बर्ष तिन करोड ५० लाख रकम फ्रिज भएको जानकारी प्राप्त भएको छ । अस्पताललाई बिकास गर्न विकास समितीको र व्यवस्थापन गर्न मेडिकल सुपरिटेन्डेन्टको व्यवस्था गरीएको छ । तर प्रादेशिक अस्पताल कलैयामा बिकास समिती अध्यक्ष चौगाई र निबर्तमान मेडिकल सुपरिटेन्डेन्ट गुप्ताको कारणले नै उक्त रकम फ्रिज भएको छ । प्रादेशिक अस्पताल कलैयाको ईमरजेन्सी वार्ड माथि थप भवन बनाउन आर्थिक वर्ष २०८०/८१ मा तिन करोड बजेट उपल्बध भएको थियो । थप भवन बनाउन डिपिआर समेत गरीएको थियो । तर पुर्व मेडिकल सुपरिटेन्डेन्ट अजय कुमार गुप्ता र बिकास समिति अध्यक्ष प्रकाश चौगाईको तालमेल नहुँदा थप भवनको उक्त रकम फ्रीज भएको श्रोतको दाबी रहेको छ । श्रोतको अनुसार थप भवन बनाउन टेण्डर प्रक्रियामा नगई उपभोक्ता समितिबाट बनाउन खोज्दा बिवाद भएको थियो । जसको फलस्वरूप उक्त रकम फ्रिज भएको हो । त्यस्तै अस्पतालमा खानेपानीको लागि डिप बोरिङ गराउनका लागि २५ लाख रकम उपलब्ध भएको थियो । उक्त सोहि रकम पनि अध्यक्ष चौगाई र निबर्तमान मे.सु. गुप्ताको मतभेदले फ्रिज हुन पुगेको छ । अध्यक्ष चौगाई र निबर्तमान मे.सु.को मतभेदले त्यति मात्र होईन प्रादेशिक अस्पतालमा उपचार गराउन आउने बिरामी र कुरुवाहरुको लागि खाना खुवाउन उपल्बध भएको २५ लाख रकम समेत फ्रिज हुन पुगेको छ । त्यस्तै चालु आर्थिकमा समेत बिरामी र कुरुवाहरुको खाना खुवाउन उपल्बध भएको २५ लाख अध्यक्ष चौगाईले खर्च गर्न निर्णय नगर्दा फ्रिज हुने अवस्था सिर्जना हुदै गएको अस्पाताल श्रोतले जानकारी दिएको छ । यसरी अस्पताल बिकास समितीको अध्यक्ष चौगाईको कारण उपल्बध भएका रकम फ्रिज हुने गरेकोमा नागरिक समाज चिन्तित बनेको छ । त्यसैले सम्बन्धित निकायको ध्यानाकर्षण हुन आवश्यक छ ।






















Discussion about this post