भगवती आ.वि. निजगढ-१३ मा ६० औँ राष्ट्रिय बालदिवस विविध कार्यक्रम गरि सपन्न 

442
SHARES
582
VIEWS

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर-१३ स्थित श्री भगवती आधारभूत विद्यालय भक्तलालमा ६० औँ राष्ट्रिय बालदिवस मनाइएको छ । ‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष समारोहका बीचमा उक्त दिवस मनाइएको हो ।

बारा जिल्ला निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सभा अध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयबहादुर स्याङ्तानले गरेका थिए भने संचालन विद्यालयको शिक्षाक खुशल थिङले गरेका थिए ।
बालदिवसका उपलक्ष्यमा विद्यार्थीहरूमा अन्तर्निहित अतिरिक्त क्षमता उजागर गर्ने उद्देश्यले प्राथमिक तहका विद्यार्थीहरूका बीचमा प्रतिभा प्रस्फुटन कार्यक्रम आयोजना गरिएको थियो ।

विद्यालयले यस वर्ष विभिन्न विधामा प्रथम, दोश्रो र तेस्रोमा हासिल गरेको उत्कृष्ट नतिजाका बारेमा सम्क्षिप्त प्रकाश पार्दै विद्यालयले प्राप्त गरेको यो उचाइलाई कायम राख्न आगामी दिनमा विद्यालय थप उत्साहका साथ लाग्ने पनि प्रधानाध्यापक उदयराज अधिकारीले जनाए । प्रतियोगितात्मक र संस्कृतिक प्रतियोगितात्मक गरी कार्यक्रम तीन चरणमा विभाजन गरिएको थियो ।

कार्यक्रममा विद्यालयका बालबालिकाहरूले एकल तथा सामूहिक, नृत्य, सांगीतिक कुर्सी, चम्चा दौड र भकतृत्वकला वाचनलगायका आदिजस्ता कलाप्रस्तुतिहरू प्रदर्शन गरे । कार्यक्रममा  साबिक रतनपुरी गविसमा अध्ययनरत विद्यार्थीहरूको एउटा/एउटा समूहले भकतृत्व वाचन पनि गरेका थिए ।
त्यसै गरी कार्यक्रममा वैदेशिक रोजगारीले बालबालिकामा परेको असर शीर्षकमा भक्तृत्वकला प्रस्तुत गरी सबैलाई भाबुक तुल्याएका थिए ।
भक्तृत्वकला प्रतियोगिताको प्रथम हासिल श्री भगवती आधारभूत विद्यालयकी पुर्णिामा लुङबा भएकी थिइन त्यस्तै दोश्रोमा सुस्विता पाख्रीन शिवशक्तेश्वार डम्बरपुर र नेपाल राष्ट्रिय आधारभूतकी कन्चन स्याङ्तान भएकी थिइन ।

त्यस्तैगरि चम्चा भाग दौड्मा भने मन्जु श्री आधारभूत रामथलीका शिशिर विक र दोश्रो र तेस्रोमा नेपाल राष्ट्रिय आ.वि. बुङ्गजोरका निकेश रुम्बा र आकाश स्याङ्तान भएका थिए । त्यस्तै सामुहिक युगल नृत्य तर्फ  नेपाल राष्ट्रिय आ.वि.बुङ्गजोरकी आशामाया, दोश्रोमा  शिवशक्तेश्वर, डम्बरपुर शुस्मा पाख्रीन र तेश्रोमा नेपाल राष्ट्रिय माध्यामिक विद्यालय रतनपुरीकी जिना मोक्तान भएकी थिइन ।

नृत्यको एकल तर्फ भने नेरामावी रतनपुरकी प्रतिमा थिङ्ग दोश्रोमा शिवशक्ते डम्बरपुरकी सुनिता स्याङ्तान र तेश्रोमा नेरा आ.वि बुङ्जोरकी जेजुन तामाङ्ग भएकी थिइन । त्यस्तै म्युजिक चेयरमा तर्फ भने भगवती आविका ईसाक थिङ्ग दोस्रो नेरामावि र्तनपुरका रामप्रबेश गुरो र तेश्रोमा अविनाश भोलोन नेरामावी बुङ्जोर सफल भएका थिए । विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथि निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानद्वारा नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष घलानले बालबालिकाहरूको आधारभूत अधिकार संरक्षणका लागि सबै पक्ष संवेदनशील हुनुपर्ने बताए । अध्यक्ष घलानले आजभोलि बालबालिकाहरूमा सानैदेखि विदेश जानुपर्छ भन्ने चिन्तनको विकास हुनु दुःखद भएको बताउँदै वडा अध्यक्ष घलानले यो देशको भविष्य उज्ज्वल पार्न सबै मिली बालबालिकामा त्यो चिन्तन हटाउनेतर्फ सोच्नुपर्ने बताए ।

अल्पसंख्यक समुदायदेखि समाजका अन्य बालबालिकाहरूको सर्वाङ्गीण विकासमा महत्त्वपूर्ण योगदान दिँदै आइरहेको वडाले आगामी दिनमा वडाद्वारा उपलब्ध गराउँदै आइरहेको आर्थिक सहयोगमा थप वृद्धि गर्दै लैजाने प्रतिबद्धता पनि वडा अध्यक्ष घलानले व्यक्त गरे ।
नेपालमा बालदिवस मनाएको आज ५९ औं वर्ष पूरा भैइ ६० औं वर्षमा हामी छौं तर तुलनात्मक रुपम धेरै बालबालिका अझै पनि शिक्षा, स्वास्थ्य, उचित आहारजस्ता आधारभूत सेवाबाट वञ्चित हुनुपरेको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्ले १७ वर्षसम्मको उमेर समूहलाई बालबालिका भनेर परिभाषित गरेको छ । राष्ट्रिय जनगणनाअनुसार नेपालमा १७ वर्षसम्मका बालबालिकाको संख्या ९८ लाखभन्दा बढी छ । जसमध्ये ५१ दशमलव ८ प्रतिशत बालक र ४८ दशमलव २ प्रतिशत बालिका छन् ।

१० देखि १४ वर्ष उमेर समूहका बालबालिका २९ प्रतिशत बालबालिका छन् । बालअधिकारलाई संविधानमा मौलिक हकका रुपमा राखिएको छ । तर अझै धेरै बालबालिका शिक्षा, स्वास्थ्यजस्ता आधारभूत अधिकारबाट वञ्चित छन् । हरेक वर्ष बालदिवस मनाए पनि गरिबी र विपन्नताकै कारण बालबालिकाहरु जोखिमपूर्ण काम गर्न बाध्य छन् ।

सरकारले हरेक वर्ष भदौ २९ गते बाल दिवस मनाउने गर्छ । दिवसलाई औपचारिकतामा मात्र सीमित नगरी समस्या परेका यस्ता बालबालिकाको अधिकार सुनिश्चित गर्न सरोकारवालाको माग छ । बालबालिकाको हक-अधिकारको प्रत्याभूतिका लागि कानुनी व्यवस्था भए पनि कार्यान्वयन फितलो हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित