निजगढ तिलगंगा सामुदायीक आँखा अस्पतालको नयाँ भवन संचालमा आउदै

410
SHARES
539
VIEWS

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ९ मा सञ्चालित निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा सञ्चालन गर्ने भएको छ । अस्पताल व्यवस्थापनका अनुसार कात्तिक २२ गतेदेखि अस्पतालले आफ्नै भवनबाट आँखा उपचार सम्बन्धि सेवा प्रदान गर्नेछ ।
आँखाको उपचारका लागि विश्व प्रसिद्ध तिलगंगा नेत्र अस्पतालले स्थानीय स्तरमा आँखाको उपचारमा सर्वसाधारणको सहज पहुँच बिस्तारका लागि निजगढ लगायत देशका विभिन्न २० स्थानमा अस्पतालहरूमार्फत् आँखा उपचार सेवा प्रदान गर्दै आईरहेको छ ।
अस्पताल व्यवस्थापनका अनुसार निजगढमा निर्माणाधिन भवनको निर्माण कार्य सम्पन्न भएपछि बिरामीले बहिरंग सेवा, विशेषज्ञ सेवा, बिस्तारित सेवा र नियमित शल्यकृया सेवा पाउनेछन् ।
तिलगंगा नेत्र चिकित्सालयले हाल निजगढमा प्राथमिक स्तरको आँखा उपचार सेवा प्रदान गरिरहेको छ । साथै समुदाय र विद्यालय स्तरमा आँखा सम्बन्धि सचेतनामूलक कार्यक्रम र निःशुल्क उपचार शिविरमार्फत् आँखा उपचार सेवा समेत प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित