नेपाल रेड्क्रस सोसाइटी बौध्दीमाई उपशाखाद्वारा मधुवनमा रक्तदान कार्यक्रम सम्पन्न

385
SHARES
507
VIEWS

दिपेन्द्र जयसवाल/गंजभावनी । बाराको करैयामाई गाँउपालिका वडा नम्बर १ स्थित मधुबन बजारमा बुधबार कार्यक्रम सम्पन्न गरेको छ । बौद्धीमाई रेडक्रस सोसाइटी उपशाखाले “रक्तदान जिवनदान” भने मुल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरेको हो । करैयामाई गाँउपालिकाको सहयोग नेपाल रेडक्रस सोसाईटी बौद्धीमाई उपशाखा करैयामाई वडा नम्बर ६ सहजौलीमा आयोजित रक्तदान कार्यक्रममा ३ महिलासहित २४ जनाले रक्तदान गरेको छ । उपशाखाको अध्यक्ष रामबाबु प्रसाद यादवको अघ्यक्षता सो कार्यक्रमको प्रमुख अतिथी भने करैयामाई गाँपालिकाका अध्यक्ष शम्भुप्रसाद यादव रहेका थिए । कार्यक्रममा सर्वसाधारण देखि विभिन्न सामाजिक अगुवा, समाजसेवी, बुद्धिजीवी, संघ संस्थामा आबद्ध रहेको व्यक्तिहरुलगायतले रक्तदान गरेका थिए । त्यस्तै गर्नेहरुमा निरुता बि .क., राधेश्याम चौधरी, गणेश यादव, उमेश साह, द्धारिका चौधरी र नावाब यादवलगायतले रक्तदान गरेको थिए । शुक्रबार भएको सो कार्यक्रममा गाँउपालिका को नि.प्रशासकिय अधिकृत बिरेन्द्र महतो, स्वास्थ्य संयोजक अमरेन्द्र गुप्ता, आसमान नेपालकी निरुता बि.क., करैयामाई गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोनालाल साहलगायतको सक्रियातामा विभिन्न सामाजिक अभियानताहरु समेत सहभागी रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित