रौतहट । एलआईसी नेपाल लिमिटेडमा विगत लामो समय देखि जारी रहेको गतिरोध अन्त्य हुने भएको छ । सो गतिरोध अन्त्य गर्न पेशागत विमा अभिकर्ता संघ विमक समिति (एलआइसी नेपाल) को कार्यवाहक अध्यक्ष नरबहादुर घर्तीले सकारात्मक प्रयास गरेर लगत्तै एक महिना भित्र समाधान गर्ने प्रतिबद्धता जनाइएको हो । एलआइसी नेपाल लिमिटेड गौर शाखाका तत्कालिन शाखा प्रबन्ध विपिनकुमार साहले अभिकर्ता सत्येन्द्र पाण्डेले ९५ जना विमालेख सिष्टमबाट ग्याव गरेर उक्त रकम हिनामिना गरेको आरोप लगाउदै विगत साउन महिना देखि निरन्तर रुपमा एलआईसीको शाखा, प्रदेश र केन्द्रीय कार्यालयमा पटक पटक पत्राचार गरेपनि कुनै सुनवाई नहुँदा विमा प्राधिकरण सहित नेपालको विभिन्न निकायमा एलआइसीको वेथेती बारे भण्डाफोर अभियान चलाउदै आईरहेका थिए । एलआइसीको शाख माथि प्रश्न चिन्ह उठिरहदा पेशागत विमा अभिकर्ता संघ विमक समिति (एलआइसी नेपाल) को कार्यवाहक अध्यक्ष घर्तीले गौरमा आएर समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको हो । एलआइसी नेपाल लिमिटेडको गौर शाखामा विहिवार अवेर साँझ भएको पाँच सुत्रिय सम्झौता अनुसार एक महिना भित्रमा अभिकर्ता सत्येन्द्र पाण्डेको समस्या समाधान गर्न लिखित रुपमा प्रतिबद्धतामा हस्ताक्षर गरेका हुन । सो माईनेटिङमा कम्पनीको सिओ सहितका पदाधिकारी समक्ष पेश गरी यहाँ भएको उत्पादन्न समस्यालाई सम्बोधन गर्ने गरी निर्णय भएपछि विगत लामो समय देखि चल्दै आएको गतिरोध अन्त्य हुने विश्वास लिइएको छ । पेशागत विमा अभिकर्ता संघ विमक समिति (एलआइसी नेपाल) को कार्यवाहक अध्यक्ष घर्तीको अध्यक्षतामा बसेको एलआइसी गौर शाखाको अध्यक्ष मनोज बर्मा, उपाध्यक्ष ढोराई साह, सचिव रामपुकार साह, कोषाध्यक्ष शैलेन्द्र साह, सहसचिव रिंकी पटेल त्यस्तैगरी सदस्यहरुमा रन्धीर कुमार सिंह, नितु पटेल, हिराकुमारी साह र शशीकुमारी गिरी तथा आमन्त्रीतमा अभकर्ता सत्येन्द्र पाण्डे र शाखा प्रबन्धक रामप्रमोद राय सहितका एलआइसी नेपाल लिमिटेड गौर शाखाका अन्य कर्मचारीको रोहबरमा उक्त पाँच सुत्रिय निर्णय गर्दै एक महिना मित्र सबै समस्या समाधान गरिने निर्णय भएका छन् । निर्णय अनुसार एलआइसीको चलानी नम्वर २०८०–१४–२६४, मिति २०८०–०६–१४ गतेको पत्र अनुसार सत्येन्द्र पाण्डेको कोड निलम्बन गैर कानुनी रुपमा भएको ठहर गर्दै उक्त कोड भोलीका मिति देखि खुलाई पाण्डेलाई कामकाज गर्न सहज बनाउने, तत्कालिन शाखा प्रबन्धक विपिनकुमार साहको कार्यकालमा अभिकर्ता सत्येन्द्र पाण्डेले गरेको विमालेखहरु र बीओसी के कसरी कहाँ कहाँ प्रयोग भएका छन् प्रबन्धक साहको रोहवरमा सोको यथार्थ जानकारी पण्डेलाई गराई उहाँले प्रयोष् भएका विओसीको आधारमा जारी भएका विमालेखको स्पष्ट जानकारी दिनुपर्ने यदी सो बीओसी तत्कालिन प्रबन्धक साहले प्रयोग भएको यकिन जानकारी दिन नसके साहले एक महिना भित्र सम्पूर्ण रकम पाण्डेलाई उपलब्ध गराउनुपर्ने निर्णयहरु भएको छ । अभिकर्ता पाण्डेले पत्रपत्रिका, मिडियामा नजाने, एलआइसी वारे अनावश्यक प्रचारवाजी नर्गने साथै एलआइसी शाखा कार्यालय गौर रौतहटले पनि निजलाई कामकाज गर्न सहज वातावरण सृजना गर्ने, एलआइसीबाट हुने सम्पूर्ण कामकाज गरिदिनुको साथै एलआइसीबाट हुने कामकाज सहज ढंगले संचालन गर्ने गरी र निजले गरेको भन्दा पहिलाका कारवाही आजबाट स्वतः निष्कृय हुने निर्णयहरु भएको छ । अभिकर्ताले पाउनुपर्ने प्रत्येक महिनाको कमिशन संगसंगै नियमित रुपले पाउनुपर्ने इनसेटिभ र स्कीम उपलब्ध गराउनुपर्ने र विमितहरुले नियमानुसार चलाउने नसकेका विमालेखहरु शाखाबाट सरल तरिकाबाट सम्पुर्ण सुविधा प्रदान र ऋण पनि शाखाबाट उपलब्ध गराउनुपर्ने पाँच सुत्रिय निर्णय भएको छ । एलआइसी नेपाल लिमिटेडमा फागुन ४ गते शुक्रबार देखि कामकाजलाई सुचारु बनाउने निर्णय समेत भएको कार्यवाहक अध्यक्ष घर्तीले बताए । अभिकर्ता पाण्डेले निकै लामो समय देखि जारी रहेको समस्यालाई बल्झाउने कर्मचारी एवं कम्पनीको उच्च पदस्थ अधिकारीहरुको गलत मानसिकताको कारण मेरो समस्या विगत ६ महिना भन्दा बढि समय देखि बन्धक बनाइएकोमा दुखेसो पोख्दै ढिलै भएपनि पेशागत विमा अभिकर्ता संघ विमक समिति (एलआइसी नेपाल) को कार्यवाहक अध्यक्ष नरबहादुर घर्ती सहितका पदाधिकारीहरु आएर समाधानको दिशामा पहलकमी गरेकोमा पाण्डेले स्वागत गरेको छ । धन्यवाद दिदै निर्णय भए अनुसार एलआइसीले कार्यान्वयन गराई मेरो समस्यालाई सहि ढंगबाट सम्बोधन गर्ने प्रयास भएकोमा अभिकर्ता पाण्डेले खुशी व्यक्त गर्दै एलआइसी नेपाल लिमिटेड कम्पनी धेरै राम्रो भएपनि केही कर्मचारीको कारण बदनाम भएको धारणा राखे । आफूबाट अब एलआइसी नेपाल प्रति सधै सकारात्मक रहेको र आउने दिनमा पनि सकारात्मक रहने स्पष्ट पार्दै कसैलाई मनमर्दन हुने गरी कामकाज नगर्ने तर एक महिना भित्र मेरो समस्या समाधान भएमा एलआइसी प्रति कृतज्ञ रहने प्रतिबद्धता पनि जनाएको छ ।






















Discussion about this post