उमेश घलान/बारा । नेपाल कम्युनिष्ट पार्टी एमाले निकट भातृ संगठन राष्ट्रिय युवा संघ निजगढले खुल्ला रक्तदान कार्यक्रम संचालन गर्ने भएको छ । राष्ट्रिय युवा संघ नेपाल निजगढ नगर कमिटि बाराको आयोजनामा ‘रक्तदान जिवनदान जिवनदान महादान’ भन्ने नाराका साथ आयोजित खुल्ला रक्तदान कार्यक्रम संचालन गर्न लागिएको हो । सो कार्यक्रममा राष्ट्रिय युवा संघले कम्तिमा १ सय जना बराबरको गरि ४८/५० युनिट रगत संकलन गर्ने योजना रहेको राष्ट्रिय युवा संघ निजगढ नगरका अध्यक्ष घनश्याम तिमल्सिनाले जानकारी दिएको छ । अध्यक्ष तिमल्सिनाले कार्यक्रममा महिला, पुरुष र समाजसेवी व्यपारी र पत्रकारलगायत सम्पुर्णलाई रक्तदानका कार्यक्रममा सहभागी हुन आव्हान गरेको छ। युवा संघले सो कार्यक्रम बाराको निजगढ-८ स्थित सहिद चोकमा संचालन गर्ने भएको छ । कार्यक्रम यहि फागुन १० गते विहिवार विहान १०:०० बजेबाट सुरु हुने अध्यक्ष तिमल्सिनाले जानकरी दिएको छ ।
Discussion about this post