मैनबत्ती बालेर माओवादी निजगढले मनायो २९ औँ जनयुद्ध दिवस

547
SHARES
720
VIEWS

बारा । नेकपा माओवादी केन्द्र बाराको निजगढ नगर कमिटिले २९ औँ जनयुद्ध दिवस मनाएको छ । मंगलबर निजगढ नगरपालिका वडा नम्बर १० लाल स्थित सहिद स्तम्भमा आयोजित विधान अधिवेशन अघि माओवादीले जनयुद्ध दिवस मनाएको हो । सो अवसरमा निजगढ नगर कमिटीका अध्यक्ष संतोष दंगालले मैनबत्ती बालेका थिए भने जनयुद्धका मृतक र बेपत्ताहरूको सम्झनामा मौन धारण गरिएको थियो ।
२०५२ साल फागुन १ देखि माओवादीले सुरु गरेको सशस्त्र जनयुद्ध १० वर्षसम्म चलेको थियो । फागुन १ लाई माओवादीले जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ । यो दिन सरकारले सार्वजनिक बिदा दिने निर्णय समेत गरे पनि सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित