निजगढ नगर घेदुङको २८६० औं  सोनाम ल्होछार सम्पन्न

421
SHARES
554
VIEWS

उमेश घलान/बारा । नेपाल तामाङ घेदुङ बारा निजगढ नगरद्वारा आयोजित माघ २८ आइतबार सोनाम ल्होछार सम्पन्न भएको छ । “तामाङ्ग संस्कृति र पहिचानको संरक्षण, जातीय परम्परा र प्रबर्द्धनको आभियान” नारा सहित हुन कार्यक्रम निजगढको अवतारटोल साङाक टासी छ्योइलिङ गुम्बामा सम्पन्न भएको हो । नेपाल तामाङ घेदुङ नगर अध्यक्ष शंकर थोकरको सभाअध्यक्षतामा कार्यक्रममा  नेपाल बौद्ध शान्तिका समाजका अध्यक्ष पल्सङ बज्र वाईबाले दिपप्रज्वलन गरेर उदघाटन गरेका थिए । कार्यक्रममा नेपाल बौद्ध शान्तिका समाजका अध्यक्ष पल्सङ बज्र वाईबा, नेपाल तामाङ घेदुङ केन्द्रीय सदस्य लक्ष्मी बल, बारा समन्वय समितिका अध्यक्ष सुर्य घलान, निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, निजगढ नगर पुर्व उमेयर सुरेशकुमार खनाल, पुर्वउल्पमेयर लिलादेवी लामिछाने, पुर्व घेदुङ नगर अध्यक्ष सिदर्थ लामा, सोही गुम्ब अध्यक्ष हस्त लामालगायतले  सोनाम लोछारको शुभकामना तथा ल्होछारकोबारेमा महत्त्वपूर्ण मन्तव्यमा राखेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न संस्कृतिक झाँकी र पद र्‍याली समेत भएका थियो । निजगढको बुद्धचोक देखि सुरु भए पद र्‍याली साङाक टासी छ्योइलिङ गुम्बा पुगेर कार्यक्रमको समारोहमा पुगेर सम्पन्न भएका थिए । उक्त कार्यक्रममा राष्ट्रिय तामाङ कलाकारहरुको वेजोड प्रस्तुति रहे भएको  थियो । कलाकारहरुमा सानुबाबु घिसिङ, हिरा दोङ, साम्तेन मोक्तान,विमला थिङ्ग, अर्पण लामा, धिरेन लामा प्रीतम गोलेलगायतका कलाकारहरु गित सुनाएर मनोरञ्जन दिलाएकाछन । विहान १० बजेबाट सुरु भएको ल्होछार कार्यक्रम बेलुकी ८ बजेसम्म संचालन भएका थिए । कार्यक्रममा नेपाली कांग्रेस निजगढ नगर सभापति नवराज तिमल्सिना, एमाले नगर उपअध्यक्ष भोलाप्रसाद गौतम , नेकपा एकीकृत समाजवादीको नगर अध्यक्ष भिम्सेन सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति रामहरि खरेल, राप्रपा नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीलगायतका विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । तमाङ समुदायले मञ्जुश्री सम्बत् लाई आधार मानेर ल्होछार मनाउँदै आएको छ । यो बर्ष २८६० औं मञ्जुश्री सम्बत हो । बाह्रवटा विभिन्न जनावरलाई आधार मानेर बर्ष गनिने चलन अनुसार यो बर्ष “डुक” ल्हो अर्थत “गडुल” बर्ष हो । “गडुल” फरक फरक स्थानीय तामाङ भाषामा “मु” ल्हो पनि भन्ने गरिन्छ । निजगढमा बसोबास रहेका तामाङहरु घेदुङ्ग गठन पश्चात् यो निजगढ नगर कमिटीले पहिलो सोनाम ल्होछार मनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित