दोश्रो लोछार कप उपाधीकोलागि हिमाल र रतनपुर भिड्ने

410
SHARES
540
VIEWS

उमेश घलान/बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १० लाल बुद्धचोकमा जारी दोस्रो ल्होछार कप उपाधीकोलागी न्यु हिमाल फुटबल क्लब र रतनपुर युनाइटेड फुटबल क्लब विच भिड्ने भएको छ । रतनपुर युनाइटेड फुटबल क्लब निजगढ-११ ले सिर्जनशील फुटबल क्लब वकैया मकवानपुरलाई गोल्डेन पेनाल्टीमा हराएर फाइनलमा प्रवेश गरेको हो । माघ २७ गते शनिबार भएका खेलको म्यान अफ दि म्याच रतनपुर युनाइटेडका गोलरक्षक गोपि बर्तौला घोषित भएका हुन । घोषित वर्तौलालाई निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञान बहादुर गोलेले १ हजर नगदसहित ट्रफि पुरस्कार हस्तान्तरण गरेका थिए । यी दुई टोलि माघ २९ गते सोमबार दिनको ३:०० बजे प्रतिस्पर्धा हुने छ । विजेता टोलिले १ लाख १० हजार ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्ने छ भने उपविजेताले ५५ हजर नगदसहित ट्रफी प्रमाणपत्र र मेडल प्राप्त गर्ने छन । विभिन्न शीर्षकमा व्यक्तिगत विद्यातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु. ५ हजार नगद र अकर्षक ट्रफी पाउनेछ भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, फरवार्डलाई जनही ३ हजारसहित अकर्षक ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार खेलाडीहरुको कुनै दुर्घटना बीमा गरिएको थिएन भने मैदानमा खेलाडीहरुलाई प्राथमिक उपचारको व्यवस्था मिलाएको थियो । फुटबल खेलको माध्यमबाट सोनाम ल्होछारलाई देश तथा विदेशमा चिनाउने र आन्तरिक पर्यटक भित्र्याउने उद्देश्य रहेको छ भने युवापुस्तालाई खेलप्रति आकर्षित गर्ने मुख्य उद्धेश्य राखिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित