न्यु हिमाल योङ्ग स्टारलाई हराउदै दोश्रो लोछार कपको फाइनलमा पुग्न सफल

407
SHARES
536
VIEWS

बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १० लाल बुद्धचोकमा जारी दोस्रो ल्होछार कप कपको फाइनल न्यु हिमाल फुटबल क्लब प्रवेश भएको छ । न्यु हिमलले आयोजक टोलि योङ्ग स्टार युनाइटेड फुटबल क्लबलाई ३-१ को गोल अन्तरले हराएको हो । टोलिलाई जित दिलाउन बिपिन मगर, राज भुसाल र बिमल घिसिङ्गले सम्मान १/१ गोलगरि ३ गोलको अग्रता दिलाएको हो । योङ्गस्टारको तर्फबाट भने खेलाडी सुगम लामाले सान्त्वना १ गोल गरेको थिए । घरेलु मैदानमा योङ्ग स्टारको यो दोश्रो सेमिफाइनल खेल रहेको छ । न्यु हिमालले उपाधीको लागि खेल खेल्न माघ २७ गते शनिबारको नतिजा पर्खिनु पर्ने छ । खेलको म्यान अफ दि म्याच न्यु हिमाल फुटबल क्लबका खेलाडी बिपिन मगर घोषित भएका थिए । मगरलाई निजगढ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठले १ हजार नगदसहित ट्रफि हस्तान्तरण गरेको छ ।
त्यस्तै माघ २७ गते शनिबार भने रतनपुर युनाइटेड फुटबल क्लब निजगढ-११ र सिर्जनशील फुटबल क्लब बकैया-६ मकवानपुरविच दिनको ३:०० बजे प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित