बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर ९ जनज्योति आधारभुत विद्यालयका विद्यार्थिहरुलाई गौरीशंकर ४९ एसएलसी व्याच फाउन्डेसनले विद्यालय झोला वितरण गरेको छ ।
विभिन्न कारणले बिचैमा विद्यालय छाडेका र छाड्ने सम्भावना भएको हुँदा उक्त विद्यालयका विद्यार्थि १ सय ७० जना बिधार्थीहरुलाई सामग्री वितरण गरिएको हो । एसएलसी ४९ व्याच फाउन्डेसनको प्रत्येक सहपाठीहरुबाट आर्थिक संकलनगरी सो झोला वितरण गरेको फाउन्डेसनका सचीव दिपककुमार खड्काले जानकारी दिए ।
त्यसैगरी लामो समयदेखि शैक्षिक क्षेत्रमा परेको प्रभावलाई कम हुने अपेक्षा सहित बालबालिकाहरुको सिर्जनात्मक क्षमताको विकास हुने बताए । शैक्षिक सामग्री पाएसगैँ आर्थिक रुपले विद्यार्थीहरुले विचैमा विद्यालय छाड्नुपर्ने बाध्यता समेत टर्ने अपेक्षा राखेको फाउन्डेसनका सचीव खड्काले बताए । सहयोगी फाउन्डेसनलाई विद्यालयले सम्मान पत्रले सम्मान गरेको छ । कार्यक्रममा फाउन्डेसनका सहपाठीहारु निजगढ वडा नम्बर ९ का वडा अध्यक्ष रामचन्द्र कटवाल, दिपकुमार खड्का, समुन्द्र नेपाल, मोहन मैनाली, शंकर थोकरलगायतका सहभागी रहेका थिए भने कार्यक्रम संचालन दिपककुमार खड्काले गरेका थिए ।






















Discussion about this post