नेपाल तामाङ घेदुङले जितपुरसिमराको सोनाम ल्होछार माघ २७ गते मनाउदै

412
SHARES
542
VIEWS

बारा। नेपाल तामाङ घेदुङ जितपुरसिमरा उपमहानगर घेदुङ्गले माघ २७ गते शनिबार सोनाम ल्होछार मनाउने भएको छ । “तामाङ्ग संस्कृति र पहिचानको संरक्षण, जातीय परम्परा र प्रबर्द्धनको आभियान” भन्ने नारा सहित २८६० औं सोनाम ल्होछार बृहत संस्कृतिक कार्यक्रम हुन लागेको हो । ल्होछार कार्यक्रम विहान १० बजेबाट सुरु भई बेलुकी ७ बजेसम्म चल्ने नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समन्वय समितिका सचीव हिरा दिङले जानकारी दिए । कार्यक्रममा विभिन्न खालको तामाङ संस्कृतिक गीतसंगीत, नृत्य हुने आयोजकले बताएका छ ।
तमाङले मञ्जुश्री सम्बत् लाई आधार मानेर ल्होछार मनाउँदै आएको छ । यो बर्ष २८६० मञ्जुश्री सम्बत हो । बाह्रवटा विभिन्न जनावरलाई आधार मानेर बर्ष गनिने चलन अनुसार यो बर्ष भने “डुग” ल्हो गडुल बर्ष हो । सो कार्यक्रममा कलाकारहरु हिरा दोङ, साम्तेन मोक्तान, फुलकुमार बोम्जन, विमला थिङ्ग, वाई यसके र्‍यापर ग्रुपलगायतले फरक फरक प्रस्तुति प्रस्तुत गर्ने बारा जिल्ला नेपाल तामाङ्ग घेदुङ्ग समन्वय समितीका सचीव हिरा दोङ्गले जनाएको छ । यो जितपुरसिमरा टागिया बस्तिले चौथौं पटक आयोजित हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित