सोनाम ल्होछारको अवसरमा निजगढ र कोल्हवीमा माघ २८ गते सार्वजनिक विदा दिने निर्णय

398
SHARES
524
VIEWS

बारा–बाराको जिल्लाको दुई नगरपालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
नगर प्रमुख सुरथ पुरीको अध्यक्षतामा बसेको निजगढ नगर कार्यपालिकाका शुक्रबार बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको वडा अध्यक्ष सुर्य घलानले जानकारी दिए । त्यस्तै कोल्हवी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै माघ २८ कोल्हवी नगरपालिका मातहतका कार्यालयहरुमा सार्वजनिक विदाको सूचना प्रकाशित गरेको छ । तामाङ समुदायले मन्जुश्री संवद २८६० औं सोनाम ल्होछार ‘डुक ल्हो’ गडुल वर्ग २७ माघमा मनाउँदैछन् । नगरपालिकाले भोलिपल्ट सार्वजनिक विदा दिन लागेको हो । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति बाराका अध्यक्ष समेत रहेका वडा अध्यक्ष घलानले दुई नगरपालिकाद्वारा विदा दिने निर्णयको स्वागत गरेका छन् ।
निजगढ नगरपालिकाले तत्कालीन मेयर सुरेश खनालकाे कार्यकालदेखि ल्होछारको अवसरमा सार्वजनिक विदा दिदै आएको छ । त्यस्तैगरि जितपुरसिमरा उपमहानगरपालिकामा पनि नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समन्वय समितिका अध्यक्षसहित बारा घेदुङ्गका पदाधिकारीहएउले विदाको माग गर्दै निवेदन पत्र बुझाएको छ । सो निवेदनलाई जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेलले सकारात्मक जवाफ दिएको बारा घेदुङ्गका अध्यक्ष घलानले बताए । प्रमुख पौडेलले दिएको उक्त सकारात्मक कुरालाई अंकित गर्दै घेदुङ्ग अध्यक्ष घलानले जितपुरसिमराले पनि ३३ प्रतिशात तामाङ्ग समुदायको बसोबास भएको उपमहानगरपालिकामा स्थानीय विदा अपेक्षा राखेको मधेश प्रवाहलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित