निजगढ नगर घेदुङले माघ २८६० सोनाम ल्होछारको तयारी पुरा कार्यक्रम साङा गुम्बा अवतारटोलमा हुने

464
SHARES
610
VIEWS

बारा । नेपाल तामाङ घेदुङ बारा निजगढ नगरले माघ २८ आइतबार सोनाम ल्होछार मनाउनकालागी सम्पुर्ण तयारी पूरा भएको छ । आफ्नो भाषा धर्म, संस्कार र संस्कृति संस्कारको संरक्षण गरौ, आफनो पहिचान र अस्तित्वको लागि एक हौं भन्ने मुल नारा सहित हुन लागेको कार्यक्रममा राष्ट्रिय तामाङ कलाकारहरुको वेजोड प्रस्तुति रहे भएको हो । कलाकारहरुमा हिरा दोङ, साम्तेन मोक्तान, सानुबाबु घिसिङ, विमला थिङ्ग, अर्पण लामा, प्रीतम गोलेलगायतका कलाकारहरु आउने भएकाछन,
ल्होछार कार्यक्रम निजगढको साङा घुम्बामा हुने छ । पहिला निजगढको बुद्ध चोकमा गर्ने निर्णय भए पनि ठाउँ सानो हुने भएकाले साङा गुम्बामा सरेको सो पत्रकार समेलनमा बताएको छ । विहान १० बजेबाट सुरु भई बेलुकी ५ बजेसम्म चल्नेछ । कार्यक्रममा विभिन्न खालको तामाङ संस्कृतिक गीतसंगीत, नृत्य र लामा बोम्बो झाँकीसहित शान्ति र्‍याली हुने आयोजकका अध्यक्ष शंकर थोकरले पत्रकार सम्मेलनमा बताएको छ ।
तमाङ समुदायले मञ्जुश्री सम्बत् लाई आधार मानेर ल्होछार मनाउँदै आएको छ । यो बर्ष २८६० औं मञ्जुश्री सम्बत हो । बाह्रवटा विभिन्न जनावरलाई आधार मानेर बर्ष गनिने चलन अनुसार यो बर्ष “डुक” ल्हो अर्थत “गडुल” बर्ष हो । “गडुल” फरक फरक स्थानीय तामाङ भाषामा “मु” ल्हो पनि भन्ने गरिन्छ । निजगढमा बसोबास रहेका तामाङहरु घेदुङ्ग गठन पश्चात् यो निजगढ नगर कमिटीले पहिलो सोनाम ल्होछार मनाउँन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित