बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १० लाल बुद्धचोकमा योङ्ग स्टार युनाइटेड क्लबद्वारा आयोजित दोस्रो ल्होछार कप कपको सेमिफाइनल खेलमा रतनपुर युनाइटेड फुटबल क्लब र सिर्जनशील फुटबल क्लब बकैया-६ मकवानपुरविच प्रतिस्पर्धा हुने भएको छ । विहिवार भएको खेलमा निजगढ-११ रतनपुर युनाइटेड फुटबल क्लबले मानेचोक फुटबल क्लबलाई २-० गोलले पाखा लगाएको हो । यो संगै रतनपुरले सिर्जनशीलसंगको सेमिफाइनल खेल खेल्ने पक्का भएको छ । युनाइटेडको तर्फबाट संघर्ष मगरले निर्धारित समयमा दुई गोल गर्दै आफ्नो समुहलाई सेमिफाइनलमा पुर्याएका हुन । स्थानीय दर्शक माझ मानेचोकले संतोषजनक खेल प्रदर्शन गर्न सकेन । सो खेलको म्यान अफ दि म्याच संघर्ष मगर घोषित भएका थिए । मगरलाई नेपाल तामाङ्ग घेदुङ्ग बारा जिल्ला समन्वय समितिका अध्यक्ष तथा निजगढ नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलानले १ हजार नगदसहित ट्रफी हस्तान्तरण गरिएका थिए । त्यस्तै माघ २६ गते शुक्रबार भने सेमिफाइनलको खेल योङ्ग स्टार युनाइटेड फुटबल क्लब निजगढ १० लाल र न्यु हिमाल युवा क्लब निजगढ-८ बीच दिनको ३:०० प्रतिस्पर्धा हुने आयोजक जानकारी दिएको छ।






















Discussion about this post