बारा । बाराको निजगढ नगरपालिका वडा नम्बर १० लाल बुद्धचोक स्थित आयोजित दोस्रो ल्होछार कपको सेमिफाइनलमा सिर्जनशिल फुटबल क्लबले प्रवेश गरेको छ । बुधबार भएको उक्त खेलमा चपुर फुटबल क्लबलाई पछाडी पार्दै सिर्जनशील फुटबल क्लब बकैया-६ मकवानपुर २-० को अन्तरले विजयी भएको हो । विजयी टोलि सिर्जनशिल र चपुर टोलिविचको खेल प्रतिस्पर्धात्मक रहेका थिए । खेलमा मकवानपुर टोलि सिर्जनशिलको तर्फबाट सुरेन्द्र राई र छेवाङ्ग बोम्जनले सम्मान १/१ गोल गरेका हुन । त्यस्तै दोश्रो खेलमा भने योङ्ग स्टार युनाइटेड फुटबल क्लब विजयी भैइ सेमिफाइनलको यात्रा सुरु गरेको छ । सो खेल विजायी समुह योङ्ग स्टार र न्यु परिवर्तन एकता बागमती-७ सर्लाहीविच भएको थियो । यी दुई विच भएको प्रतिस्पर्धामा योङ्ग स्टारले २-० को अन्तरले पाखा लगाउदै सेमिफाइनलमा पुगेको छ । घरेलु मैदानमा योङ्ग स्टारको तर्फबाट पाल्साङ्ग लामा र सुदिप लामाले १-१ गोल गर्दै टोलिलाई सेमिफाइनलमा पुर्याएको हो । त्यस्तै खेलको म्यान अफ दि म्याच सिर्जनशील फुटबल क्लबका छेवाङ्ग बोम्जन र योङ्ग स्टार फुटबल क्लबका खेलाडी सुदिप लामा घोषित भएका थिए । घोषित खेलाडीलाई महिला समाजिक नेतृ सुनमाया लोप्चन र युवा व्यबसायी तथा समाजसेवी हिराकाजी मोक्तानद्वारा ट्रफि र १ हजार नगद पुरस्कार हस्तान्तरण गरिएका थिए । माघ २५ गते बिहिबार भने एक खेल मात्र हुने छ । खेल रतनपुर युनाइटेड क्लब निजगढ-११ र मानेचोक फुटबल क्लब निजगढ-१३ विच दिनको ३:०० बजे प्रतिस्पर्धा हुने आयोजकका प्रेस संयोजक पवन विकले जानकारी दिए ।






















Discussion about this post