दोस्रो ल्होछर कपमा एनएफसी क्वाटर र न्यु हिमलयन क्ल्ब सेमिफाइनलमा प्रवेश

435
SHARES
573
VIEWS

उमेश घलान/रतनपुर । बाराको निजगढ-१० लाल योङ्ग स्टार युनाइटेड क्लबद्वारा आयोजित दोस्रो ल्होछार कप प्रतियोगिताको क्वाटर फाईनल खेलमा मानेचोक फुटबल क्लब विजय भएका छन । मानेचोक फुटबल टोलीले निजगढ १० लाल आयोजक योङ्ग स्टार युनाइटेड फुटबल क्लब “वि” टोलिलाई १-० ले यात्रा टुङ्गाएका थिए । आयोजक “वि” योङ्ग स्टार फुटबल क्लब र मानेचोक फुटबल क्लबको यो प्रतिस्पर्धात्मक रहेका थिए । त्यस्तैगरि दोस्रो खेल अन्तरगतको क्वाटर फाईनाल भएको खेल न्यु हिमालय फुटबल क्लब विजयी भएको छ । सेमिफाइनलको लागि भएको उक्त प्रतिस्पर्धा खेलमा नमस्तेलाई पाखा लगाउदै न्यु हिमालय फुटबल टोलि सेमिफाइनलमा पुग्न सफल भएको हो । न्यु हिमालयले टाईब्रेकरमा नमस्तेलाई ४-३ ले हाराएका हुन । खेल अवधिभर टोलिद्वारा१/१ गोलको बराबरी भए पछि उक्त खेल टाईब्रेलरमा धकेलीएका थिए । भने न्यु हिमालयले टाईब्रेअकरबाट नतिजा प्राप्त गरेको छ । यस अघि क्वाटर फाइनलमा पुग्न सफल फुटबल टोलिहरु नमस्ते फुटबल क्लब हरिवन-६ सर्लाही, न्यु हिमालय फुटबल क्लब निजगढ-८, नयाँ परिवर्तन एकता फुटबल क्लब बागमती-७ सर्लाही, , आयोजक “A”, निजगढ-१०, सिर्जनशील फुटबल क्लब बकैया-६ मकवानपुर, रतनपुर युनाइटेड निजगढ-११ मानेचोक फुटबल क्लब निजगढ१३ लगायतका टोलिहरु क्वाटर फाइनलमा प्रवेश गरेको छ । जसमा पहिलो क्वाटर फाइनलमा नमस्ते बहिरिएका छन न्यु हिमालयले यात्रा कायमै राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित