महिला आवाज नेपालद्वारा विपन्न परिवारलाई सिरक र खाध्यन्न वितरण

445
SHARES
585
VIEWS

उमेश घलान/निजगढ । शीतलहरले मधेशमा चिसो बढेपछि जाडोबाट बचाउन महिला आवाज नेपाल संस्थाद्वारा सिरक र खाध्यान्न वितरण गरेको छ । नेपाल महिला आवाज संस्थाले बारा निजगढ नगरपालिका वडा नम्बर ५ का अति  विपन्न परिवारलाई उक्त सामग्री वितरण गरेको हो ।


संस्थाले अति विपन्न परिवारका ५ परिवारलाई सो सामग्री वस्तीमा पुगेर वितरण गरेका हुन । शीतलहरले चिसो बढेको र विपन्न परिवारहरु प्रभावित हुँदैआएका थिए । उक्त प्रभावितलाई मध्यनजर गर्दै निजगढ नगरपालिका वडा नम्बर ७ मा अवस्थित महिला आवाज नेपालले निम्न वर्ग तथा विपन्न परिवारलाई शीतलहरबाट जोगाउन उक्त सामग्री वितरण गरेको संस्थाकी अध्यक्ष सावित्री बराल तिमल्सिनाले मधेश प्रवाहलाई जानकारी दिइन । संस्थाकी अध्यक्ष तिमल्सिनाकी नेतृत्वमा संस्थाकी सदस्य र निजगढ नगरपालिका वडा नम्बर ६ वडा सदस्य सहितको उपस्थिति राहेका थिए ।

जसमा महिला आवाजकी बरिष्ठ सल्लाहकार तथा महिला नेतृ समाजसेवी सिता मैनालि, कार्यपालिका सदस्य शर्मिला विक, वडा न ६ का वडा सदस्य कृष्णबहादुर मोक्तान, वडा न ५ का प्रत्यासी उमेद्वार सहदेव गौतम (पिताम्बर), वडा ६ का प्रमोद राउत र सस्थाका बिभिन्न सदस्यहरु सहभागी रहेको संस्थाकी अध्यक्ष सावित्री तिमल्सिनाले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
भर्खरै प्रकाशित